सुसाइड नोट सहित महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।