नेतृत्व पदले होइन, विचार र व्यवहारले चिनिन्छ”- नेतृ रीता शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डा. सुनिल शर्माद्वारा डा. शशाङ्क कोइरालाप्रति देखाइएको सम्मान अहिले राजनीतिक वृत्तमा प्रेरणाको विषय
संसद बैठक सकिएपछि बाहिरिँदै गर्दा देखिएको एक सादगीपूर्ण तर ऐतिहासिक दृश्य अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उदाहरणीय बन्दै गएको छ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले वरिष्ठ नेता डा. शशाङ्क कोइरालाप्रति देखाएको सम्मान र भद्र व्यवहारले धेरैको ध्यान तानेको छ।

उक्त दृश्यमा डा. शर्मा प्रतिनिधिसभा भवनभित्रबाट डा. शशाङ्क कोइरालालाई गाडी तर्फ लिएर आउँछन्, गाडीको ढोका खोलेर उहाँलाई राख्छन्, र त्यसपछि झुकी–झुकी हात ढोग्दै नमन गर्छन्। यो सम्मानसहितको विदाइ दृश्यले नेपाली राजनीतिमा अझै पनि संस्कार, आदर र आत्मीयता जिवित रहेको सन्देश दिएको छ।

नेतृ रीता शाहीको प्रतिक्रिया
उक्त घटनाले धेरैलाई भावुक बनाएको छ। नेपाली कांग्रेसकी महिला नेतृ रीता शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्:

“नेतृत्व पदले होइन, विचार र व्यवहारले चिनिन्छ । संघर्ष गर्नेहरूप्रति सम्मान गर्न नडगमगाउने, अग्रज प्रतिको कदर गर्ने, र सकारात्मक सोच राख्ने क्षमता — यही हो सच्चा राजनीतिज्ञको चिनारी, जुन नेपाली कांग्रेसका नेता माननीय दाइ डा. सुनिल शर्माको कार्यशैलीमा स्पष्ट देखिन्छ। यस्तो नेतृत्वलाई सम्मान गरौँ, मूल्याङ्कन गरौँ। जय नेपाल।”

शाहीको यो अभिव्यक्तिले मात्र होइन, डा. शर्माको कार्यशैलीले पनि नेपाली राजनीतिमा आवश्यक सकारात्मक संस्कार र मानवतावादी नेतृत्वको खाँचोलाई स्पष्ट रूपमा चिनाएको छ।

संसदको भित्री अनुशासन र बाह्य संस्कार
सामान्यतया संसदजस्ता औपचारिक स्थलमा नेताहरूको व्यवहार निकै गम्भीरतापूर्वक हेरिन्छ। डा. शर्माले वरिष्ठ नेताप्रति देखाएको आदर र शालीनता, जनप्रतिनिधिहरूबीचको सम्बन्धमा गहिरो सद्भाव, अनुशासन र संस्कारको झल्को दिन्छ। यस्तो व्यवहारले पार्टीभित्र मात्र होइन, आम जनमानसमा पनि राजनीतिप्रति विश्वास र सकारात्मक दृष्टिकोण निर्माण गर्न सघाउ पुर्याउँछ।

व्यवहार र सेवामा समर्पित नेता
डा. शर्मा प्रतिनिधिसभाका एकमात्र सांसद हुन् जसले आफ्नो तलब भत्ता सेवा सुबिधा लिदैनन । राजनीतिलाई सेवाको माध्यम बनाउँदै उनले देशैभरि सुदुर पूर्व देखि सुदुर्पचिम सम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूबाट हजारौं विपन्न नागरिकहरूले जीवनरक्षक उपचार प्राप्त गर्दै आएका छन्।

गम्भीर बिरामीहरूको काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्न उनी स्वयं अग्रसर छन्। आफ्नो निर्वाचन क्षेत्रका लागि नोबेल मेडिकल कलेजमा ५० शय्याको निःशुल्क क्याबिन स्थापना गराउनुका साथै, हालै मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्। देशभर सात स्थानमा एम्बुलेन्स सेवा उपलब्ध गराइसकेका छन्।