सुनचाँदी व्यवसायीले भेटे अर्थमन्त्री विष्णु पौडेल हिरा-जवाहरत पत्थरमा लगाइएको भ्याट खारेज गर्न माग 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनचाँदी व्यवसायीले भेटे अर्थमन्त्री विष्णु पौडेल सँग सुनमा लगाइएको विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको भ्याट खारेज गर्न माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपिन रामुदामको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग विलासिता कर र भ्याट खारेज गरिदिन आग्रह गरेको हो । 

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष ०८२-०८३ को बजेट भाषणमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरा-जवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाइएको घोषणा गरेका थिए । 

सरकारले बजेट भाषणमार्फत गरेको घोषणाले आम सुनचाँदी व्यवसायीमा परेको समस्या अर्थमन्त्री पौडेलसमक्ष राखिएको संयोजक रामुदामले जानकारी दिए ।