काठमाडौँ, २ जेठ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था र दुई वर्षे कुलिङ पिरियड राख्न सहमति जनाएको छ ।
समितिको आजको बैठकले उक्त व्यवस्थासहित लामो समयदेखि समितिमा छलफलका क्रममा रहेको सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित गरेको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए । उनले भने, “कर्मचारी सेवामा रहने उमेर हद ६० वर्ष, अतिरिक्त सचिबसम्बन्धी व्यवस्था, दुई वर्षको ‘कुलिङ पिरियड’ रहने व्यवस्थासहित विधेयक समितिबाट पारित भएको छ ।” नयाँ प्रस्तावित व्यवस्थामा निजामती सेवामा १५ तह रहने व्यवस्था छ ।
प्रतिक्रिया