टोखा, काठमाडौं – २०८२ साल जेठ ३१ गते शनिबार, टोखा रोडस्थित लर्ड प्यालेसमा आयोजित ‘दोस्रो नर्दन एजुकेशन फेस्ट – SEE एजुकेशन फेस्ट २०८२’ भव्य रूपमा सम्पन्न भयो। यस कार्यक्रमले SEE परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उच्च माध्यमिक तहको अध्ययन, मनोरञ्जन, करियर योजना, र व्यक्तिगत विकासका लागि आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमका प्रमुख आकर्षणहरू:
- विशेष अतिथि: हिसानका अध्यक्ष रमेश सिलवाल
- प्रेरणादायी वक्ता: सौनक भट्ट
- कार्यक्रम सञ्चालिका: बिभुषा बस्नेत
- सांगीतिक प्रस्तुति: गायिका अस्मिता अधिकारी र गायक प्रकाश पराजुली
- मनोरञ्जनात्मक प्रस्तुति: हास्यकलाकार, अभिनेता तथा जादुगर शेर बहादुर गुरुङ
कार्यक्रममा २० भन्दा बढी प्रतिष्ठित +२ कलेजहरूको सहभागिता रहेको थियो, जसले विद्यार्थीहरूलाई विभिन्न शैक्षिक अवसरहरूबारे जानकारी प्रदान गरे।
कार्यक्रमको सफलतामा प्रमुख योगदान:
- स्काई भिजन फाउन्डेसन: गोंगबु चोकस्थित यो संस्था २०६८ सालदेखि शैक्षिक क्षेत्रमा क्रियाशील रही, ट्युसन, कम्प्युटर कक्षा, भाषा कक्षा, ब्रिज कोर्स, CMAT, IELTS, PTE लगायतका कोर्सहरू सञ्चालन गर्दै आएको छ।
- अल्फा एजुकेशन फाउन्डेसन: २०७४ सालदेखि सञ्चालनमा रहेको यो संस्था व्यक्तिगत ट्युसन, कम्प्युटर कोर्स, करियर काउन्सेलिङ, स्किल डेभलपमेन्ट कार्यक्रमहरू, र शैक्षिक कार्यशालाहरू मार्फत विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा योगदान पुर्याउँदै आएको छ।
- GLC Education Hub– वसुन्धरा स्थित यो संस्था SEE, +2, Bachelors तथा विभिन्न प्रतियोगी परीक्षाहरूको तयारीका लागि ट्युसन, काउन्सेलिङ, कम्प्युटर कक्षा, ब्रिज कोर्स, IELTS, PTE लगायत विभिन्न कोर्सहरू सञ्चालन गर्दै आइरहेको छ। GLC ले विद्यार्थीहरूको क्षमता पहिचान गरी उनीहरूको लक्ष्यमा पुर्याउन अभिभावक सरहको भूमिका निर्वाह गर्दै आएको छ।
कार्यक्रममा विभिन्न कलेजका प्राध्यापक र कोर्डिनेटरहरूको सक्रिय सहभागिता रहेको थियो, जसले विद्यार्थीहरूलाई शैक्षिक मार्गदर्शन प्रदान गरे। उक्त कार्यक्रमको सफलताका लागि सबै सहभागी संस्थाहरू, अतिथिहरू, कलाकारहरू, र विद्यार्थीहरूलाई आयोजकहरूले धन्यवाद ज्ञापन गरेका छन्।
यस प्रकारका शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्नो भविष्यको योजना बनाउन सहयोग पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।उक्त कार्यक्रम यही आउँदो ३१ गते शनिबारका दिन Lord Palace, टोखा रोड मा भव्यताका साथ सम्पन्न हुने भएको छ। SEE उत्तीर्ण विद्यार्थीहरूका लागि शिक्षामूलक जानकारी, करिअर काउन्सेलिङ, प्रेरणादायक सन्देश र मनोरञ्जन एकै साथ पाइने यो कार्यक्रम छुटाउन नहुने अवसर हो।
प्रतिक्रिया