काठमाडौं, २ जेठ । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित् भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियामापत्तिपछि सभामुख देवराज घिमिरेले जारी बैठक १५ मिनेटको लागि स्थगन् गरेका हुन् ।
प्रि–बजेटको छलफलमा अर्थमन्त्री विष्णु पौडेलको अनुपस्थित् भएपछि पाण्डेले नियामापत्ति गरेका हुन् । सभामुख घिमिरेले अर्थमन्त्री पौडेल सगरमाथा सम्वादमा सहभागी भएर आउने क्रममा रहेको भन्दै बैठक सुचारु गर्न भनेका थिए । लगत्तै पाण्डे उठेर सरकारले अहिले काखा र पाखाको व्यवहार गर्नुको साथै नियामावली पनि नमानेको भनेका छन् ।
अर्थमन्त्री पौडेलको उपस्थित् भएपछिमात्रै बैठक चलाईनुपर्ने उनको माग थियो । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटपछि बस्नेगरि स्थगित् गरिएको सूचना पढेर सुनाए ।
प्रतिक्रिया