महामन्त्रीमा दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट न्यायाधीश रेग्मीको इजलासमा


 काठमाडौँ । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दै छ । न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।