काठमाडौं, टोखा नगरपालिका ६ ग्राण्डी अस्पताल पछाडी बिष्णुमती खोला किनाराबाट काठमाडौंको धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको बा.प्र. ०१-०३१ च ६१४१ नंम्बरको प्राईभेट कार अचानक खोलामा खस्न गइ निज सवारी चालक तत्काल गाडीबाट खोला किनारामा हाम फालेको, गाडी भित्र सवार काठमाडौंको टोखा बस्ने भावना ओली बगिरहेको अवस्थामा तत्काल प्रहरी टोलि परिचालित भई प्रहरी र उक्त स्थानमा रहेका नागरिकहरू उर्लदो खोला भित्र पसी निज महिलालाई सकुशल उद्धार गर्ने कार्यमा सक्रिय संलग्नता रहेका ३ जना प्रहरी र २ जना नागरिकहरूलाई आज मिति २०८२।०३।१२ गते जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारी ज्यूबाट सम्मान एवं पुरस्कार प्रदान गरिएको ।
कार्यक्रममा प्र.व.उ. विश्व अधिकारी ज्यूले “विपद्को समय अत्यन्त कठोर हुने र एउटा जीवन बचाउनु भनेको एक ठूलो मानवीय सफलता रहने बताउँदै जिल्ला प्रहरी परिसर, काठमाडौं सदैव तयारी अवस्थामा रहेको र जस्तोसुकै संकटमा पनि नागरिकलाई सहायता गर्न तत्पर रहेको बताउनु भयो ।” “Operation Prepare” अन्तर्गत विपद् पूर्व तयारीको रूपमा उद्धारका सामग्रीहरू उपलब्ध गराइएको र ती सामग्रीको प्रभावकारी प्रयोगद्वारा उद्धार कार्य सफल भएको समेत उहाँले बताउनुभयो ।
प्र.व.उ. विश्व अधिकारीले उद्धारको उक्त कार्य समुदाय–प्रहरी साझेदारीको उत्कृष्ट उदाहरणको रुपमा रहेको उल्लेख गर्दै एक डोरीको भरमा आफ्नो जीवन जोखिममा राखेर मानव ज्यान र सवारी साधनको उद्धार गर्ने समस्त उद्धारकर्ताहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया