एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले आज पुनः बस्ने गरी आइतबार स्थगित गरिएको थियो।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकतालगायत विषयमा छलफल गरिएको छ।

अध्यक्ष नेपाललाई विशेष अदालतमा दायर भएको मुद्दा, संसदीय दलको नेताको विकल्प, पार्टी नेतृत्वका बारेमा उठेका कानुनी एवं व्यावहारिक पक्षका बारेमा छलफल गरिएको छ । बैठकमा पार्टी नेतृ रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरण, पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यप्रगतिको समीक्षा, आन्तरिक विवाद समाधानबारे समीक्षा गरिएको छ। आजको बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि छलफल हुने बताइएको छ ।