भक्तपुर, चागुनारायण — चाँगुनारायण नगरपालिकाका उप–प्रमुख बुढाथोकीले आज एक समारोहबीच परम्परागत धिमे बाजा वितरण गर्नुभएको छ। स्थानीय संस्कृति र मौलिक संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न सांस्कृतिक समूहहरुलाई धिमे बाजा हस्तान्तरण गरेको हो।
कार्यक्रममा उप–प्रमुख बुढाथोकीले धिमे बाजा नेपाली सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाँले धिमे बाजाको माध्यमबाट समुदायमा सांस्कृतिक चेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
समारोहमा स्थानीय जनप्रतिनिधि, वडा अध्यक्षहरू, सांस्कृतिक अभियन्ता, ज्येष्ठ नागरिक तथा युवा समूहका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम अन्त्यमा उप–प्रमुख बुढाथोकीले धिमे बाजा प्राप्त गरेका समूहलाई आगामी दिनमा पनि सांस्कृतिक गतिविधिमा सक्रिय सहभागी बन्न आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया