उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल रसुवागढीमा बाढी तथा पहिरोबाट पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न जाने भएका छन् । अर्थमन्त्री पौडेल अर्थ मन्त्रालयका अधिकारीहरु लिएर अहिले केहीबेरमा त्यसतर्फ प्रस्थान् गर्न लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्री पौडेलसँगै मन्त्रालयका सचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईलगायत जान लागेका हुन् । उनीहरु सेनाको हेलिकप्टरमा जाने भनिएको छ । गृहमन्त्री रमेश लेखक भने यतिवेला बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् । मन्त्री लेखकले केहीबेरमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने तयारी गरेका छन्
प्रतिक्रिया