“रत्नपार्कमा सुनचाँदी व्यवसायीको रिले अनसन: पूर्व मन्त्री, सांसद र नेताहरुको ऐक्यवद्धता”


नेपाल सुनचांदि व्यवसायी तथा कालिगढ संघर्ष समितिले विगत २३दनि वाट निरन्तर रिले अनसन रत्नपार्क शान्तीवाटीकामा वसिरहेको छ यसै क्रममा रिले अनसनलाई ऐक्यवद्धता साथ समर्थन गर्न विभिन्न राजनितिक दलका नेताहरु एवम् पूर्व मन्त्री ,माननीयहरुको उपस्थित रहेको आजको एक विशेष कार्यक्रम रिले अनसनमै भयो । उक्त विशेष कार्यक्रममा अध्यक्ष नेपाल सुनचाँदी ब्यवसायी तथा कालिगड संघर्ष समिति   का संयोजक विपेन्द्र रामुदामु ( विपिन) ले गर्नु भएको थियो प्रमूख अतिथीमा पुर्ब मन्त्री एवम् संघिय संसद तथा नेकपा एमालेका पोलिट व्यूरो तथा पार्टी सचिव छबिलाल बिश्वकर्मा रहनु भएको थियो , वेशेष आथित्य पूर्व वाणिज्य मन्त्री एवम् नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख श्री मिन बिश्वकर्मा सहित माननियहरु बिशिष्ठ अतिथिहरु;हर्कमाया बिश्वकर्मा,चन्द्र बहादुर विश्वकर्मा र अतिथिहरु नेपाल सुनचाँदी रत्न तथा आभुषण महासँघका अध्यक्ष किसान सुनार,महासँघका निबर्तमान अध्यक्ष नेपाल सुन चाँदी ब्यवसायी महासँघका संस्थापक अध्यक्ष मणि रत्न शाक्य ज्यु नेपाल सुनचांदि रत्न तथा आभूषण महासंघका महासचिव निर वहादुर विश्वकर्मा (विमल धमला) लगायत बिभिन्न संघ/संस्थाका  अध्यक्ष तथा पदाधिकारीहरु,ब्यवसायीहरु तथा पत्रकारहरुको उपस्थितिमा यस समितिको रिले अनसन २३अौ दिनमा प्रवेश गरेको चर्चा गर्दै नेपाल सरकारले लगाएको सुन,सुनका गहनामा बिक्रिका बखत लगाएको २%बिलाशिताकर र बहुमुल्य पत्थर तथा हिरामा लगाएको १३% भ्याट खारेजी हुनुपर्ने,सहज ढंगले सानो परिमाणमा सुन गहना उत्पादक कालिगढ उधमिले र व्यवसायीले हरेक जिल्ला जिल्लामा पाउनु पाउनु पर्ने र कालिगड ,ब्यवसायीमत्री ऐन कानुन निर्माण हुनुपर्ने , नेपाली कालिगडहरुको शिप संरक्षण र पर्वद्धन गर्दै रोजगारीको सुनिश्चता गर्नुपर्ने , उपभोक्ता वाट पुराना  गरगहना गर्दा सतप्रतिशत मान्यता दिनुका साथै जिल्ला जिल्लामा गोल्डवैंकको स्थपना गर्नु पर्ने माग राखेर कालिगढ संघर्ष समितिले गरेको यो आन्दोलन र रिले अनसनमा आज सहभागी हरुले साथ समर्थन ऐक्यवद्धता सहित  जोडदारकासाथ उठाउनु भयो।                                     यस विशेष कार्यक्रम संघर्ष समितिका अभियान्ता सदस्य तथा नेपाल राष्ट्रिय सुनचांदि कालिगढ यंघका केन्द्रिय अध्यक्ष श्री अर्जुन विश्वकर्मा ज्यूले संचालन र सहजिकरण गर्नुभएको थियो, कार्यक्रममा यस संघर्ष समितिका अध्यक्ष बिपिन रामुदामु रिले अनसनको आवश्यकता र अौचित्य प्रसट्याउदै,ऐकिबद्वता जनाउनु हुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।उक्त रिले अनसनमा स्वगत मन्तव्य  समितिका सचिव टंक बराईलीले राख्नु भएको थियो ।