पशुपतिनाथ परिसरमा सप्ताह ज्ञान महायज्ञ प्रारम्भ


काठमाडौं, ४ साउन । नेपाल-भारत मैत्री पशुपति धर्मशाला, आनन्द होटल, तिलगंगा, काठमाडौंमा सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । श्रीराम कथा एवं जगन्नाथ संस्कृतिको संरक्षण तथा प्रचारप्रसारको उद्देश्यले आज श्रावण ४ गतेदेखि महायज्ञ प्रारम्भ गरिएको हो ।

सो अवसरमा ‘भविष्य मालिका’ पुस्तकको नेपाली संस्करणको विमोचन समेत गरिएको छ।कथा वाचक परम पूज्य पण्डित काशीनाथ मिश्रबाट कथा वाचन हुने बताइएको छ ।