काठमाडौं, बसुन्धरा – नेपालका चर्चित युवा बुद्धिचाल खेलाडी क्याण्डिडेट मास्टर (CM) पुरुषोत्तम सिलवाल ले Southwestern State College मा आयोजित “1 vs 3 Blindfold Chess Game” मा आँखा छोपेर तीन उत्कृष्ट विद्यार्थीहरूसँग एकसाथ बुद्धिचाल खेलेर सबै खेलमा शानदार जित हासिल गरेका छन्।
स्मरणशक्ति, मानसिक एकाग्रता र रणनीतिक कौशलको अद्वितीय प्रदर्शन गर्दै सिलवालले नेपाली बुद्धिचालको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याउने विश्वास दिलाएका छन्।
उक्त कार्यक्रमका संयोजक मिसन बास्कोटा हुनुहुन्थ्यो, जसले सम्पूर्ण व्यवस्थापन र योजना सम्हाल्नुभएको थियो। कार्यक्रमको पूर्ण सञ्चालन तथा रेखदेख Southwestern State College का ECA कोर्डिनेटर सन्देश पाण्डेले गर्नुभएको थियो।
विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र बुद्धिचालप्रतिको चासो बढाउन आयोजित यस कार्यक्रमले सहभागी तथा दर्शक सबैमा सकारात्मक ऊर्जा थपेको थियो। आयोजकले यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया