भक्तपुर; नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम मध्यपुर थिमी ९ बोडेमा अवस्थित संस्कार गुरूकूलको आयोजनामा आधारभूत तहको अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरु बीचको अन्तर विद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सुर्यविनायक-३ भक्तपुरमा रहेको ईडेन गार्डेन स्कुल विजेता भएको छ ! त्यस्तै गरी द्धितीय स्थान चाँगुनारायण २ दुवाकोटमा रहेको ऋतम्भरा पाठशाला, तृतीय स्थान सूर्यविनायक ९ भक्तपुरमा रहेको मदरल्याण्ड स्कुल र सान्त्वना स्थान सुर्यविनायक ५, कटुन्जेमा रहेको यूनिटी स्कुलले प्राप्त गर्न सफल भएको छ ।
नेसनल प्याव्सन भक्तपुरको वार्षिक योजना अनुरुप सम्पन्न उक्त प्रतियोगितामा १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ! पहिलो चरणमा ९ वटा स्कुलको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गरी मदरल्याण्ड स्कुल, ऋतम्भरा पाठशाला र डेमोस स्कुल फाइनल राउण्डमा प्रवेश गरेका थिएँ ! दोश्रो चरणमा १० वटा विद्यालयको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीयमा ईडेन गार्डेन, यूनिटी स्कुल र एसएस सदन स्कुलका टिम फाइनल चरणमा प्रवेश गरी ६ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए ।
संस्कार गुरूकूलको संचालक एवं प्रिन्सिपल अमन हितागंको सभापतित्वमा सम्पन्न अग्रेजी हिज्जे प्रतियोगितामा प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो । प्रमुख अतिथि खड्काले नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम सदस्य विद्यालयले आयोजना गरेकोमा प्रिन्सिपल एवं संस्कार गुरूकूललाई आभार प्रकट गर्दै प्रसंशा गर्नु भएको थियो । नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ देखि यस्ता विविध प्रतियोगितात्मक कार्यक्रम आफ्ना सदस्य विद्यालयहरुलाई आयोजना गर्ने जिम्मा दिएको छ !
प्रतिक्रिया