३-४ दिनभित्र बीपी राजमार्ग सञ्चालन सञ्चालन गर्छौँ : मन्त्री कुलमान घिसिङ


भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले नेपालथोक क्षेत्रको अवरुद्ध सडक खुलाउने काम तीव्र गतिमा अघि बढेको बताउँदै तीन–चार दिनभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए।

“काम सुरू गरिसकेका छौँ, सम्भव भएसम्म त्यसभन्दा छिटो सडक सञ्चालनमा ल्याउँछौँ,” उनले भने।

पूर्वका सडकहरूमा ठूलो क्षति भएकाले ती क्षेत्रमा पुनर्निर्माणका लागि मन्त्रालयले तत्काल काम थाल्ने तयारीमा रहेको मन्त्री घिसिङको भनाइ छ।

साथै, बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।

मन्त्री घिसिङले हालको मनसुनजन्य जोखिम भने लगभग टरेको उल्लेख गरेका छन्।