नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा ललितपुरबाट पक्राउ


 काठमाडौं, १९ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन् । उनी ललितपुर महानगरपालिका बखुण्डोलबाट पक्राउ परेका हुन् ।

उपत्यका प्रहरी कार्यालय र महाशाखाको टोलीले उनलाई आज पक्राउ गरेको एआईजी दानबहादुर कार्कीले अनलाईन ई प्रेसलाई जानकारी दिए । पक्राउ परेका ३६ वर्षीया शर्मा दाङ तुलसीपुर १६ स्थायीवासी हुन् ।