मादी–३ याङ्जाकोटका सबिन गुरुङमाथि लाखौ ठगीको आरोप, पिडितले खोजीमा सहयोग मागे


मादी (कास्की) – मादी गाउँपालिका–३ याङ्जाकोटका सबिन गुरुङमाथि विभिन्न व्यक्तिबाट ठूलो रकम लिएर सम्पर्कविहीन बनेको आरोप सार्वजनिक भएको छ। कोरोना महामारी र लकडाउनका कठिन समयमा आर्थिक सहयोग आवश्यक परेको भन्दै उहाँले छिट्टैफिर्ता गर्छु भन्ने आश्वासनसहित लाखौँ रुपैयाँ लिएको तर पछिल्ला महिनादेखि सम्पर्क टुटाएको आरोप पीडितहरूले बताएका छन्।

उनीसँग आर्थिक कारोबार गरेका व्यक्तिहरूका अनुसार गुरुङले पटक–पटक रकम माग्ने, समस्यामा परेको बहाना गर्ने र रकम हात परेको केही समयमै सम्पर्कबाट टाढिने गरेका दाबी गरेका छन्। स्थानीयहरूका भनाइमा यसरी रकम लिएर बेपत्ता हुने क्रम दोहोरिएपछि खोजतलासका लागि सार्वजनिक अनुरोध गर्न बाध्य भएको बताए।

पीडितहरू र स्थानीयबासीहरूले गुरुङलाई देख्ने वा चिन्ने जो–कसैलाई नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन ।