महाधिवेशन प्रतिनिधिमा महेश कुमार बस्नेत चयन, वैदेशिक रोजगार क्षेत्रको प्रतिनिधित्व बलियो हुने अपेक्षा


काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका निवर्तमान महासचिव महेश कुमार बस्नेत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

वैदेशिक रोजगार व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय बस्नेतको चयनसँगै कांग्रेसको महाधिवेशनमा वैदेशिक रोजगार क्षेत्रका मुद्दा र व्यवसायीको प्रतिनिधित्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

बस्नेत Global Rising Group का अध्यक्ष तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) का प्रथम उपाध्यक्षसमेत हुन्। उनी पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रका नीतिगत विषय, व्यवसायीका समस्या तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

महाधिवेशन प्रतिनिधिका रूपमा बस्नेतले युवाको सहभागिता, पार्टी संगठन सुदृढीकरण तथा वैदेशिक रोजगार क्षेत्र सुधारका नीतिगत विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनलाई नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी नीति, कार्यक्रम र सांगठनिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।